Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धरानका मेयर साम्पाङको घोषणा – गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने

    धरानका मेयर साम्पाङको घोषणा – गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

    मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।



    आफ्नो उक्त प्रस्ताव बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको उनले बताएका छन्।



    ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, उनले भनेका छन् ‘आज (बिहीबार) कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार