Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेयर हर्क साम्पाङको आक्रोस – स्वतन्त्र भनेर हेपेको ?

    मेयर हर्क साम्पाङको आक्रोस – स्वतन्त्र भनेर हेपेको ?

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 687
    SHARES

    धरान । धरान उपमहानगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ वडाध्यक्षहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

    उनले ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखेका हुन् । उपमहानगरको बजेट पारित गर्न अवरोध गरेको भन्दै उनले बैठकको सुरूवातमै कडा आक्रोश पोखेका थिए ।



    गत असार १० गते धरान उपमहानगरले एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा उपमेयर कोषलाई लिएर दलीय जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए ।



    साङपाङले भने स्वतन्त्र उम्मेदवार भएर जितेको मेयरलाई वडाध्यक्षहरूले विभिन्न बहाना गरेर असफल बनाउन खोजेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार