Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गंगादेव गाउँपालिकाका इञ्जिनियर घुससहित रंगेहात पक्राउ

    गंगादेव गाउँपालिकाका इञ्जिनियर घुससहित रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 984
    SHARES

    रोल्पा । रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी ५० हजार घुस रकमसहित शुक्रबार दिउँसो रंगेहात पक्राउ परेका हुन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।



    अख्तियारले जारी गरेको विज्ञप्तिमा मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार पारिदिएबापत सेवाग्राहीसँग इञ्जिनियर डाँगीले उक्त घुस रकम मागेका थिए ।



    उनलाई सेवाग्राहीसँग घुस रकम लिइरहेको बेलामा गंगादेव– २ स्वाथ्य शाखाको भवनमा रहेको निवासबाट नियन्त्रणमा लिइएको बताइएको छ । इञ्जिनियर डाँगी माथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार