Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखापढी व्यवसायीबाट थप साढे २५ लाख बरामद

    घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखापढी व्यवसायीबाट थप साढे २५ लाख बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । कित्ताकाट गर्न सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको १ लाख ७५ हजार रुपैयाँ घुस लिएका मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेष कार्कीको साथबाट थप साढे ९ लाख रुपैयाँ नगद र १६ लाख रुपैयाँको चेक बरामद गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी र सर्भेक्षकलाई घुस लिँदालिँदै मंगलबार दिउँसो पक्राउ गरेको हो । जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घसु माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली मनमैजु पुगेको थियो ।



    नापी सर्वेक्षक कार्की घुस लिँदालिँदै आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । सोही क्रममा नापी सर्वेक्षकसँग मिलेर घुस डिल गर्ने कार्कीलाई पनि अख्तियारले त्यही क्रममा पक्राउ गरेको थियो ।



    त्यसको थप अनुसन्धान गर्ने क्रममा उपरकोटी र कार्कीको साथबाट थप नगद र चेक बरामद भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    प्रवक्ता दाहालका अनुसार कार्कीको साथबाट स्रोत नखुलेको थप ७ लाख ६९ हजार ५ सय नगद र १६ लाख रुपैयाँको चेक तथा नापी सर्वेक्षक उपरकोटीको साथबाट थप १ लाख ८५ हजार ३ सय ८८ रुपैयाँ भेटिएको हो । ती सबै नगद र चेकको स्रोत नखुलेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार