Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कित्ताकाट गरिदिने भन्दै १ लाख ७५ हजार घुस लिने लेखापढी र सर्वेक्षक पक्राउ

    कित्ताकाट गरिदिने भन्दै १ लाख ७५ हजार घुस लिने लेखापढी र सर्वेक्षक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 636
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नापी कार्यालय मनमैजुबाट एक लाख ७५ हजार घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

    आयोगको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले कित्ताकाट गर्न सहजिकरण गरिदिने भन्दै घुस लिएका अभिषेक कार्कीलई पक्राउ गरेको हो ।



    लेखापढी गर्ने कार्कीलाई मुक्तिना कानुनी सेवा, मनमैजुबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।



    त्यसैगरी कित्ताकाटका लागि सहजिकरण गर्ने सर्भेक्षक रमेश उपरकोटीलाई पनि आयोगको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार