Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी घुससहित अख्तियारको फन्दामा

    नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी घुससहित अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । बाँकेमा कार्यवाहक वडा अध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् ।

    जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-१३ कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी सेवाग्राहीबाट लिएको ९ हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।



    उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगन्जबाट खटिएको पक्राउ गरेको हो ।



    उनीहरूले कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार