Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 684
    SHARES

    काठमाडौं । देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।



    योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार