Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जडीबुटी खाँदा अछाममा एकको मृत्यु, एकजना गम्भीर बिरामी

    जडीबुटी खाँदा अछाममा एकको मृत्यु, एकजना गम्भीर बिरामी

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 672
    SHARES

    फाइल तस्विर

    अछाम । अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जडीबुटी खाँदा अर्का एक जना गम्भीर बिरामी भएका छन् । गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।



    आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खाँदा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो ।



    उपचारका क्रममा मृत्यु भएको मृतकका प्रहरीले जनाएको छ । गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार