Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अस्ट्रेलियामाथि श्रीलंकाको सानदार जित

    अस्ट्रेलियामाथि श्रीलंकाको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 672
    SHARES

    एजेन्सी । अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी भएको छ ।

    पहिलो पारीमा एक सय ८१ रनले पछि परेको अस्ट्रेलिया चौथो दिनको खाना समयपछि एक सय ५१ रनमा अलआउट भएपछि घरेलु टोली श्रीलङ्का १ इनिङ्स र ३९ रनले विजयी भयो ।



    अस्ट्रेलियाका लागि मार्नुस लाबुशेनले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ६ विकेट लिए । उनले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए । यस्तै पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमालले दोहोरो शतक बनाए । उनी दुई सय ६ रनमा नटआउट रहे ।



    जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार