Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अस्ट्रेलियाका कप्तान आरोन फिन्चद्वारा सन्यासको घोषणा

    अस्ट्रेलियाका कप्तान आरोन फिन्चद्वारा सन्यासको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 780
    SHARES

    एजेन्सी । अस्ट्रेलियाका कप्तान एरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । फिन्चले शनिवार एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

    न्युजिल्यान्डसँग आइतवार हुने तेस्रो तथा अन्तिम एकदिवसीय फिन्चको बिदाइ खेल हुनेछ । ३५ वर्षीय फिन्चको यो एक सय ५६ औँ खेल हुनेछ । फिन्चले एकदिवसीय क्रिकेटमा पाँच हजार चार सय एक रन बनाएका छन् ।



    उनी अस्ट्रेलियाका लागि सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने चौथो ब्याटर हुन् । फिन्चले एकदिवसीयमा १७ वटा शतक बनाएका छन् ।



    अब एरोन फिन्चले आफ्नो ध्यान यही वर्ष हुने टी–२० विश्व कपमा रहने बताएका छन् । टिमको कप्तानी पनि उनले नै गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार