Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • युवतीमाथि सामूहिक बलात्कार : तीनजना पुर्पक्षका लागि जेल चलान, १० लाख धरौटीमा छुटे होटल सञ्चालक

    युवतीमाथि सामूहिक बलात्कार : तीनजना पुर्पक्षका लागि जेल चलान, १० लाख धरौटीमा छुटे होटल सञ्चालक

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 978
    SHARES

    काठमाडौं । काठमाडौंको बौद्धमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।

    गत जेठ २९ गते राति २ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको थियो । त्यस घटनामा प्रहरीले संलग्न तीन जना र होटलका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।



    सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरू तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस्तै होटलका सञ्चालकलाई भने धरौटीमा छाड्न आदेश दिएको छ।



    उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको हो । प्रहरीले बलात्कार आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार