Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युवतीमाथि सामूहिक बलात्कारको आरोप : चारजना पक्राउ, एक फरार

    युवतीमाथि सामूहिक बलात्कारको आरोप : चारजना पक्राउ, एक फरार

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.1K
    SHARES

    फाइल फोटो

    डडेल्धुरा । डडेल्धुरामा सामूहिक बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार २० वर्षीया एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् ।



    उनीहरुमाथि फरक फरक समय र स्थानमा युवतीलाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज दिउँसो ३ बजे घटनाका सम्बन्धमा जानकारी गराउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार