Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बसभित्रै ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

    बसभित्रै ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    दाङ । तुलसीपुरमा मध्यराति बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको हो ।



    वृद्धाको उद्धार गरी राती नै स्वास्थ्य परीक्षण गराई तुलसीपुरकै सेफ हाउसमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित महिला आँखा उपचारका लागि तुलसीपुर आएको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार