Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सामूहिक बलात्कार मुद्धाका प्रतिवादी आठ वर्षपछि पक्राउ

    सामूहिक बलात्कार मुद्धाका प्रतिवादी आठ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 516
    SHARES

    कपिलवस्तु । सामूहिक बलात्कार गरेको मुद्धाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको हो ।



    २०७२ माघ २६ गते भएको घटनामा धरौटीमा रिहा भएका केवट अदालतको फैसलापछि फरार भएका थिए ।



    कपिलवस्तु जिल्ला अदालतले २०७५ सालमा घटनामा संलग्न पाँच जनालाई दोसी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवानाको फैसला सुनाएको थियो ।

    मायादेवी गाउँपालिका पकडीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई अदालतले दोषी ठहर गरेको थियो ।

    तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई कैद सजाय सुनाएको थियो ।

    भारत घर भइ मामाघर बस्दैआएकी किशोरीलाई प्रेमी रसिदले बोलाइ सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि कुटपिट गर्दै नग्न भिडियो बनाई सार्वजनिक गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार