Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • किशोरीलाई ललाई फकाई सामूहिक बलात्कार, तीन युवक पक्राउ

    किशोरीलाई ललाई फकाई सामूहिक बलात्कार, तीन युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

    जिल्लाको दोधारा चाँदनी नगरपालिकामा १५ वर्षीया किशोरीलाई ललाई फकाई पटक पटक बलात्कार गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका ३ का १९ वर्षीय अरविन महता, १८ वर्षीय खेमसिंह साउँद र एक जना १७ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई पीडित किशोरीको आमाको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले जनाएको छ ।



    डीएसपी प्रकाश डांगीका अनुसार जाहेरीमा किशोरीमाथि दुई पटक सामूहिक बलात्कार भएको उल्लेख छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार