Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीमान डेढ वर्षदेखि रोजगारी गर्न भारतमा, घरमा श्रीमती गर्भवती !

    श्रीमान डेढ वर्षदेखि रोजगारी गर्न भारतमा, घरमा श्रीमती गर्भवती !

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 4.2K
    SHARES

    डडेल्धुरा । सामूहिक बलात्कार घटनामा संलग्न चारजना अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर डडेल्धुराकी २० वर्षीया महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।

    बलात्कार आरोपमा भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड पक्राउ परेका छन्।



    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्रारम्भिक बयानका क्रममा चारजना अभियुक्तले कसुर स्वीकारेका छन् । स्थानीय २० वर्षीया महिलामाथि उनीहरुले वैशाख ५ गते र वैशाख १२ गते गरेर दुई पटक बलात्कार गरेको आरोप छ । बलात्कारपछि महिलाको पेटमा ५ महिनाको गर्भ पाइएपछि घटना बाहिरिएको थियो । ती महिला विवाहित रहेको प्रहरीले बतायो । उनकी एक वर्षकी छोरीसमेत छिन् ।



    श्रीमान् करिब डेढ वर्षदेखि रोजगारीको शिलशिलामा भारतमा रहेको पनि खुलेको छ । ३० भदौमा स्वास्थ्य शिविरमा जाँचका क्रममा महिलाको गर्भमा ५ महिनाको भ्रुण भेटिएपछि घटना बाहिरिएको थियो ।

    असोज २ गते पीडितका ससुराले किटानी जाहेरी दिएपछि अभियुक्त ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार