Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सडकको १४ लाख अनियमितता, प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सडकको १४ लाख अनियमितता, प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, वडाअध्यक्ष गणेश बहादुर बोगटी, उपभोक्ता समितिका अध्यक्ष दली डुम्रेल,सचिव पदम बहादुर खाती, कोषाध्यक्ष डोल्मा कुमारी खड्का र लेखापाल दीपक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीहरुले मेल्लेख चनपन्ना सडकको काम नै नगरी मिलेमतोमा रकम भुक्तानी दिई आर्थिक अनियमितता गरेको अख्तियारले जनाएको छ ।



    उनीहरुलाई १४ लाख ३४ हजार बिगो माग दावी गरि बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार