Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीलङ्का राष्ट्रपतिमा विक्रमसिङ्घ नियुक्त, राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिङ्गापुर जाने

    श्रीलङ्का राष्ट्रपतिमा विक्रमसिङ्घ नियुक्त, राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिङ्गापुर जाने

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 885
    SHARES

    एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् ।

    संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताएका छन् ।



    यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गरेका छौनन् । राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि केही दिनदेखि सबै सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।



    राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिङ्गापुर जाने

    श्रीलङ्काको वायुसेनाको विमानमार्फत् माल्दिभ्स पुग्नुभएका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष बुधबार सिङ्गापुर जाने निकट स्रोतले जनाएको श्रीलङ्काको पत्रिका डेली मिररले जनाएको छ । उनी बुधबार विहान राष्ट्रपतिको हैसियतमा रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलङ्काबाट माल्दिभ्सतर्फ गएका थिए।

    जुलाई ९ मा प्रदर्शनकारीको भीडले राजापाक्षको निवासमा आक्रमण गरेपछि देशमा नै लुकेर बसिरहेका उनले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका थिए ।

    श्रीलङ्काले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार