Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीलंका संकट : सेनालाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

    श्रीलंका संकट : सेनालाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 870
    SHARES

    एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिएका हुन् ।



    ‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्री विक्रमासिङ्घेले भन्नुभएको छ। प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्षा व्यवस्था लागू गर्न सक्ने सङ्केत दिएका छन् ।



    श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् । यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार