Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाँदै

    माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 744
    SHARES

    एजेन्सी । प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने भएका छन् ।

    प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उनी माल्दिभ्स पुगेका थिए । राजापाक्षेसँगै उनकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।



    राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।



    श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र राजनीतिक समाधान सुनिश्चित गर्न चाल्ने कदमबारे तत्काल जानकारी दिन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार