Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 732
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

    ​ प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा भुसाल र एमालेका विद्या भट्टराईबीच भएको प्रतिस्पर्धामा भुसाल निर्वाचित भएकी हुन् ।



    मत विभाजनका आधारमा भएको भएको निर्वाचनमा भुसालको पक्षमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका सांसदले दस्तखत गरेका थिए ।



    भट्टराईको पक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेमकिपाले कसैलाई पनि मत दिएन । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार