Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलद्धारा राजीनामा

    पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलद्धारा राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।

    प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।



    उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् ।



    उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार