Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट, भोलि सुनुवाइ

    सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट, भोलि सुनुवाइ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 930
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

    अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्।



    ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकिएको भन्दै रिटमा सभामुख र उपसभामुखले राजीनामा नदिएर राज्य स्रोतको दुरुपयोग गरिरहेको रिट निवेदकको भनाइ छ ।



    यो रिटमा शुक्रबार पेशी तोकिएको छ ।

    प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार