Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीलंकाका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

    श्रीलंकाका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 867
    SHARES

    एजेन्सी । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

    बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गरेका थिए । तर विमानस्थलका कर्मचारीले उनलाई विमानसम्म जान दिएका थिएनन् ।



    त्यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएको हो ।



    यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगेका छन् । उनले सिङ्गापुरबाटै इमेलको माध्यमबाट राजीनामा दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार