Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौं महानगरमा आजबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै

    काठमाडौं महानगरमा आजबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ ।

    महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ ।



    तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने छ । एक महिनाअघि नै सूचना जारी गरी महानगरले फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।



    तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका थिए।

    शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोलीनै घर दैलो कार्यक्रममा निस्किएको थियो । महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो ।

    पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार