Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चार किलो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ, दक्षिण अफ्रिकाबाट नेपाल हुँदै यसरी पुर्याइदै थियो भारत

    चार किलो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ, दक्षिण अफ्रिकाबाट नेपाल हुँदै यसरी पुर्याइदै थियो भारत

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले चार केजी हेरोइनसहित २ जना विदेशी र एक जना नेपाली गरी तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट गरिएको निरन्तर निगरानीका क्रममा असार ३२ गते उनीहरुलाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एसएसपी विकासराज खनालले बताए ।

    दक्षिण अफ्रिकाको जोहोनेसवर्गबाटबाट दुबई हुँदै काठमाडौं आएका ए०९८७९५७२ नम्बरको राहदानीबाहाक अफ्रिकन नागरिक ६१ वर्षीय ज्याक्युज एन्टोन एन्जलब्रेच्टलाई ४ किलो हेरोइनसहित ठमेलस्थित एक होटलबाट पक्राउ गरिएकोे ब्यूरोले जनाएको छ ।



    अफ्रिकन नागरिक ज्याक्युज एन्टोन एन्जलब्रेच्टको गतिविधिमाथि शंका देखिएकाले उनीमाथि निगरानी गर्दा उनले ल्याएको सुटकेस भित्र फल्सबटम बनाइ ल्याइएको अवस्थामा हेरोइन जस्तो देखिने ४ किलो धुलो पदार्थ बरामद भएको एसएसपी खनालले बताए ।




    उक्त लागूऔषध भारत लैजान खोजिएको पनि पुष्टि भएको छ । भारतको दिल्लीबाट उक्त लागूऔषध लिन काठमाडौं आएको बेला भारत मिजोरमम राज्य स्थायी ठेगाना भई जनकपुरी दिल्ली बस्दै आएकी ३२ वर्षीय जोथान्टल्वाङ्गी नाम गरेकी महिला पनि तिलगंगाबाट पक्राउ परेकी थिइन् ।

    ब्यूरोले लागूऔषध भारत लैजाने कार्यमा सहयोगगिको भूमिकामा देखिएका नुवाकोट गर्साङ गाउँपालिका–७ स्थायी घर भई हाल बनस्थली बस्ने ट्याक्सी चालक ५० वषीय सुकेश तामालाई पनि ठमेलबाट पक्राउ गरेको छ । प्रहरीले उनलाई बा२ज ५६५५ नम्बरको ट्याक्सीसहित पक्राउ गरेको एसएसपी खनालले बताए ।

    पक्राउ परेका तीनै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागू औषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरो प्रमुख एसएसपी खनालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार