Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रीलंकामा संकटकाल लागू, नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरु

    श्रीलंकामा संकटकाल लागू, नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलङ्कामा सङ्कटकाल आजबाट लागू भएको छ । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले हिजो श्रीलङ्कामा सङ्कटकालको घोषणा गरेका हुन् ।

    उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताए । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ ।



    श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका छन् ।



    आर्थिक सङ्कटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेसहित परिवारले नै देश छाडेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार