Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मन्दिरबाट सुन–चाँदीका गहना चोरेको आरोपमा तीन जना प्रकाउ

    मन्दिरबाट सुन–चाँदीका गहना चोरेको आरोपमा तीन जना प्रकाउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 966
    SHARES

    काठमाडौं । नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा घर भएकी १८ वर्षीया सबिना पराजुली, गुल्मी घर भएका २५ वर्षीय विष्णु पछाई र सर्लाही घर भएका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् ।



    असार २३ मा मन्दिरको ताला फोडेर करिब १२ लाख मूल्य बराबरको गरगहनाहरू चोरी भएको थियो ।



    मन्दिरबाट चोरी भएका सिक्का र गहनाहरू आरोपीहरूको साथबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चोरीमा संलग्नहरूलाई साउन १ मा पक्राउ गरेर प्रहरी वृत्त मालिगाउँले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार