Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्रोत नखुलेको २६ लाख रूपैयाँसहित दुई जना पक्राउ

    स्रोत नखुलेको २६ लाख रूपैयाँसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित दुई जनालाई प्रकाउ गरेको छ ।

    पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।



    प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित काठमाडौं महानगरपालिका २४ इन्द्रचोकबाट पक्राउ गरेको थियो ।



    थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि अभिषेकलाई पनि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार