Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बढ्यो अस्ट्रेलियामा कोरोना संक्रमण, वर्क फ्रम होम र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

    बढ्यो अस्ट्रेलियामा कोरोना संक्रमण, वर्क फ्रम होम र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 888
    SHARES

    एजेन्सी । कोरोना संक्रमण दर बढ्न थालेपछि अस्ट्रेलियन सरकारले नागरिकहरुलाई घरबाटै काम गर्न र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । अस्ट्रेलियामा फेरि कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि प्रधामन्त्री एन्थोनी अलबानिजले यस्तो आग्रह गरेका हुन् ।

    प्रधामन्त्री एन्थोनी अलबानिजले ‘वर्क फ्रम होम’ सबैका लागि उपयुक्त नहुने भए पनि नागरिकको सुरक्षा प्राथमिकतामा राखिनुपर्ने बताए । उनले घरबाटै काम गर्ने विषय कम्पनी र कामदारबिचको विषय भएको भन्दै समझदारीमा काम गर्न उनले आग्रह गरेका छन् । अस्ट्रेलियाका चिफ मेडिकल अफिसर पउल केल्लीले भाइरसको चेन ब्रेक गर्न केही समय घरबाटै काम गर्नुपर्ने अवस्था आएको बताए ।



    प्रधानमन्त्री एन्थोनीले भने बुस्टर डोज लगाउन, सामाजिक दूरी कायम गर्न नसक्ने अवस्थामा मास्कको प्रयोग गर्न, बिरामी भए घरमै बस्न र प्रयोगका लागि योग्न भए एन्टी भाइरलको प्रयोग गर्न सल्लाह दिएका छन्। मंगलवार ५० हजार २४८ जनामा संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्।



    हाल ५ हजार २३९ जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। ७ दिनयता ३ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको र नर्स र डाक्टरहरु नै संक्रमित र आइसोलेट हुनुपर्ने अवस्था आएको स्थानीय अधिकारीहरुले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार