Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अष्ट्रेलियाको जन्मदर घट्यो, १० वर्ष यताकै न्यून

    अष्ट्रेलियाको जन्मदर घट्यो, १० वर्ष यताकै न्यून

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 732
    SHARES

    एजेन्सी । अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्कले देखाएको हो ।

    अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले आज सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ ।



    कोभिड–१९ महामारीको पहिलो महिनाको तथ्याङ्क प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशु जन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ ।



    अष्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार