Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पहिलो एक दिवसीय क्रिकेट : घरेलु टोली वेस्ट इन्डिजमाथि भारतको रोमाञ्चक जित

    पहिलो एक दिवसीय क्रिकेट : घरेलु टोली वेस्ट इन्डिजमाथि भारतको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 927
    SHARES

    एजेन्सी । भारतले पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई तीन रनले हराएको छ । वेष्ट इन्डिजको पोर्ट अफ स्पेन आज बिहान सकिएको खेलमा भारतले वेष्ट इन्डिजलाई तीन रनले हराएको हो ।

    यो जितसँगै तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो ।



    जितका लागि ३ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन मात्रै बनाउन सक्यो ।



    वेष्ट इन्डिजलाई जितको लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर मोहम्मद शिराजाले एक चौकासहित ११ रन खर्चेपछि भारतको रोमाञ्चक जित पक्का भयो । वेष्ट इन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७५ रन बनाए ।

    ओपनर शाइ होप ७ रनमै आउट भए । ब्रेन्डम किङ्ग ५४ र शमराह ब्रुक ४६ रनमा आउट भए । भारत र वेष्ट इन्डिजबीचको दोस्रो एक दिवसीय खेल आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार