Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसेर एक किशोर बेपत्ता

    फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसेर एक किशोर बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् ।

    विदाको दिन मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् ।



    आज दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरीजल पुगेका थिए ।



    बेपत्ता भएका उनको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गरिरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार