Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसदहरूलाई मास्क लगाउन सभामुखको निर्देशन

    सांसदहरूलाई मास्क लगाउन सभामुखको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 621
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् ।

    मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् ।



    ‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु’ सापकोटाले भने ।



    पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार