Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुईजना पक्राउ

    नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 888
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका(९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    अन्य तीनजना भने फरार रहेका छन् । पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेको प्रहरीले जनाएको छ ।



    वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाँदै थिए। सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरेका थिए ।

    घटनामा संलग्न अन्य ३ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार