Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ताइवान तनाब : अमेरिका र चीनबीच वार्ता हुँदै

    ताइवान तनाब : अमेरिका र चीनबीच वार्ता हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 762
    SHARES

    एजेन्सी । ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुन लागेको हो ।



    चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।



    आज हुने वार्ता हप्तौदेखिको योजनाबद्ध नियमित छलफल हो। पहिलेदेखि नै द्वन्द्वमा अल्झिएको चीन अमेरिका सम्बन्धमा सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले त्यसलाई अझ जटिल बनाएको बेला यो वार्ता हुन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार