Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौं महानगरको फोहोर आजदेखि उठाइने

    काठमाडौं महानगरको फोहोर आजदेखि उठाइने

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बञ्चरेडाँडासम्मको बाटो निर्माण सकिएपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मत सकिएपछि फोहोर उठ्ने भएको हो ।

    अब एक हप्तादेखि रोकिएको फोहोर विसर्जन हुने भएको छ । एक हप्तादेखि उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको कार्य रोकिएको थियो ।



    एक हप्तादेखि नउठेको फोहोर आजबाट उठ्ने र पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने गाडीमा पुर्‍याउन महानगरले आग्रह गरेको छ।



    महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ।

    ‘१२ गते बिहीबार विहान ६ बजेदेखि तपाइँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।

    महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहोर्‍याएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार