Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • रुसी क्षेप्यास्त्र आक्रमणमा मारिए युक्रेनी धनाढ्य

    रुसी क्षेप्यास्त्र आक्रमणमा मारिए युक्रेनी धनाढ्य

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 843
    SHARES

    एजेन्सी । युक्रेनको दक्षिणी माइकोलाइभ सहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनकै सबैभन्दा धनी व्यापारीमध्ये एकको मृत्यु भएको छ ।

    युक्रेनी सञ्चार माध्यमका अनुसार ७४ वर्षीय ओलेक्सिए भादातर्स्की र उनकी पत्नी राइसाको शनिबार राति उनीहरूको घरमा क्षेप्यास्त्र खस्दा ज्यान गएको हो ।



    भादातर्स्की अन्न निर्यात गर्ने निवुलोन समूहका मालिक थिए । उनी ‘युक्रेनका वीर’ उपाधिबाट सम्मानित व्यक्ति थिए ।



    माइकोलाइभका मेयर ओलेक्सान्दर सेनेकभिचले यो सम्भवत रुसी फौजबाट भएको अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार