Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

    संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौ । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्रमन्त्री नारायण खड्का र, परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरू, रक्षा मन्त्रालयका सचिवलाई बोलाएको थियो ।

    सोमबार मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा सांसदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले परराष्ट्रमन्त्री खड्का अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराइन् ।



    ‘परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई दस्तावेजसहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले विशेष काम परेको भनी उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचिवले पनि परराष्ट्रमन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो,’ सभापति जैरुले भनिन् ।



    परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि समिति बैठक मूल विषय छाडेर विविधअन्तर्गत संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ ? भन्नेमा केन्द्रित भएको छ । समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्रमन्त्री खड्काको समय लिएर अर्को बैठक राखिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार