Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ई–पासवोर्टको परीक्षण वितरण शुरु

    ई–पासवोर्टको परीक्षण वितरण शुरु

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ ।

    सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ। ई–पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् ।



    परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।



    गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार