Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • म्यानमारको सङ्कटकाल फेरि ६ महिना थपियो

    म्यानमारको सङ्कटकाल फेरि ६ महिना थपियो

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 753
    SHARES

    एजेन्सी । म्यान्मारको सैनिक शासनले अर्को ६ महिनाका लागि संकटकालको अवधि थपेको छ । दक्षिणपूर्वी एसियाका अन्य मुलुकहरूसँग गरिएको शान्ति योजना सहमति कार्यान्वयनमा आउन नसकेकाले अस्थिरता कायम रहेको भनी सैनिक शासनले बताएको छ ।

    डेढ वर्षअघि सैनिक शासनले आङ सान सू चीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हात पारेको थियो । त्यसयता म्यान्मारमा अव्यवस्था कायम छ । सेनाले विभिन्न शहर र गाउँमा भइरहेको विरोध प्रदर्शनको कठो दमन गरेको छ ।



    आसियान मुलुकहरूले अस्थिरता अन्त्यका लागि पोहोर साल पाँच बुँदे सहमति गरेको भए पनि म्यान्मारको सैन्य शासनले त्यसको कार्यान्वयन गर्न खासै तत्परता देखाएको छैन । सेनाप्रमुख मिन आङ लाइङले सरकारी सञ्चारमाध्यमबाट प्रसारित सम्बोधनमा म्यान्मार कोरोना महामारीले तेर्स्याएको चुनौतीबाट उम्किन खोजिरहेको तर आन्तरिक हिंसाले समस्या दिइरहेको बताए ।



    पश्चिमका सरकारहरूले सैन्य कूको आलोचना गरेका छन् । त्यस्तै नोबेल पुरस्कार विजेता सू ची र उनका दलका नेता तथा कार्यकर्तालाई हिरासतमा राखिएको पनि उनीहरूले निन्दा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार