Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • म्यान्मारमा भूतपूर्व सांसदसहित चार प्रजातन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड

    म्यान्मारमा भूतपूर्व सांसदसहित चार प्रजातन्त्रवादी अभियानकर्मीलाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 711
    SHARES

    एजेन्सी । म्यान्मारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ ।

    १९८८ पछि म्यान्मारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन ।



    मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता को जिमी, ला म्यो आङ्ग र आङ्ग थुरा जा रहेका छन् । उनीमाथि ‘आतंकवादी गतिविधि’लाई संलग्न भएको आरोप थियो ।



    मृत्युदण्ड दिएको जानकारी यसै वर्षको जुनमा सेनाले दिएको थियो। त्यो निर्णयको अन्तर्राष्ट्रिय क्षेत्रबाट आलोचना भएको थियो । उनीहरुलाई यो सजाय २०२१ मा भएको ‘सैनिक कु’को दौरान भएको घटनासँग सम्बन्धित रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार