Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म्यान्मारको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु

    म्यान्मारको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 219
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरी म्यान्मारको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी ४ कैदीको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका छन् ।

    कचिन राज्यको मित्किना सहरमा रहेको माइतकिना कारागारमा स्थानीय समयअनुसार बिहीबार अपराह्न ४ः१० बजे केही पुरुष कैदीहरूले आममाफीको विषयलाई लिएर विरोध प्रदर्शनपछि दङ्गा भएको हो ।



    कारागारका कर्मचारीहरूले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेपनि कारागारमा तनाव भएको हो ।



    कैदीहरूले सुत्ने कोठाको ढोका र सिसीटिभी क्यामेरा टोडफोड गरी फुटाएपछि अपराह्न ४ः३० बजेतिर सुरक्षाकर्मी र प्रहरीलाई कारागारमा पठाइएको र कारागारका कर्मचारीले कैदीहरूलाई शान्त पार्ने र भीडलाई तितरबितर पार्ने प्रयास गरेका थिए ।

    यद्यपि, कैदीहरूले कारकारका सुविधाहरूमा क्षति पुर्‍याउने र कारागारका कर्मचारीहरूमाथि आक्रमण गर्ने प्रयास जारी राखेपछि भएको झडपमा केही व्यक्ति हताहत भएका प्रहरी प्रशासनले बताएको छ ।

    सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

    साँझ ५ बजेतिर स्थिति नियन्त्रणमा आएको थियो । घाइते कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार