Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

    अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ ।

    गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।



    दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज सोमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ ।



    टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ ।

    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जहाजको प्रस्थानलाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गरे ।

    यस्तै युक्रेनका पूर्वाधार मन्त्री अलेक्ज्यान्डर कुब्राकोभले फेसबुक पेजमा स्टाटस लेख्दै युक्रेनले साझेदारहरूसँग मिलेर विश्व भोकमरी रोक्न थप कदम चाल्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार