Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

    पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 840
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ ।

    ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ ।



    टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिंक पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो।



    इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्रीले भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

    उनका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तरक्रिया नगर्न सल्लाह दिइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार