Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चीनको कडा चेतावनीबीच २५ वर्षपछि अमेरिकी उच्च अधिकारी ताइवानमा

    चीनको कडा चेतावनीबीच २५ वर्षपछि अमेरिकी उच्च अधिकारी ताइवानमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । चीनको निरन्तर चेतावनीबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् ।

    मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् ।



    अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लमो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।



    अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ ।

    यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार