Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि आक्रमण

    अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 642
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उनको घरभित्रै पसेर आक्रमण भएको छ।

    क्यालिफोर्नियामा पेलोसीको घरमा पसेर एक आक्रमणकारीले उनका पति पल पेलोसीलाई कुटपिट गरेका हुन् ।



    पेलोसीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पल पेलोसीमाथि शुक्रबार आक्रमण भएको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।



    आक्रमणको कारण के थियो भन्ने अनुसन्धान भइरहेको छ । पल पेलोसीलाई अस्पतालमा भर्ना गरिएको छ।

    उनी छिट्टै निको हुने अपेक्षा गरिएको छ ।’ आक्रमणको समयमा न्यान्सी पेलोसी भने सान फ्रान्सिस्कोमा थिइनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार