Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • न्यान्सी पेलोसीका पतिले मदिरा सेवन गरी गाडी चलाएपछि…

    न्यान्सी पेलोसीका पतिले मदिरा सेवन गरी गाडी चलाएपछि…

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 783
    SHARES

    एजेन्सी । अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पतिलाई जेल सजाय तोकिएको छ।

    रक्सी खाएर गाडी चलाएको आरोपमा उनलाई पाँच दिनको सजाए सुनाइएको हो। पाल पेलोसी आफैंले मे २०२२ मा रक्सी पिएर गाडी चलाएको कुरा स्वीकारेका छन्।



    सोही कारणले उनले चलाएको गाडी दुर्घटना भएको थियो। ८२ वर्षीय पल पेलोसी जेलमा भने बस्नुपर्ने छैन। उनी दुर्घटनाको रात २८ मे २०२२ मा जेलमा बसेका थिए। सो दिनलाई अदालतले दुई दिनको कैद मानेको छ।



    यस बाहेक उनको असल व्यवहारलाई ध्यानमा राख्दै दुई दिनको कैद मिनाहा गरेको छ। अन्तिम दिनको सजायस्वरुप आठ घण्टा सामुदायिक सेवामा लाग्नुपर्ने भएको छ। यो सजायपछि पेलोसीको ड्राइभिङ लाइसेन्स फिर्ता दिइने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार