Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्वीटरमा गाली खाने सूचीमा रोनाल्डो र म्याग्वायर अगाडि

    ट्वीटरमा गाली खाने सूचीमा रोनाल्डो र म्याग्वायर अगाडि

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 753
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्याग्वायर सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी आलोचना खेप्ने प्रिमियर लिगका खेलाडी रहेको एक अध्ययनले देखाएको छ ।

    अफकमले गत सिजनको पहिलो हाफमा २३ लाख ट्वीटको अध्ययन गर्दा ६० हजारभन्दा बढी गालीगलौज गरिएका ट्वीटहरु फेला परेको थियो । त्यसमध्ये आधा प्रिमियर लिगका १२ खेलाडीमाथि लक्षित थियो । यसमा पनि ८ जना युनाइटेडका खेलाडी थिए ।



    एलन टुरिङ इन्सटिट्युटले १३ अगस्त, २०२१ देखि २४ जनवरी, २०२२ सम्म गरेको अध्ययनमा रोनाल्डो लक्षित सबैभन्दा बढी १२ हजार ५२० गालीगलौज युक्त ट्वीट गरिएका थिए । दोस्रो स्थानमा ह्यारी म्याग्वायर लक्षित ८ हजार ९५४ ट्वीट भएका थिए ।



    त्यसपछि यो सूचीमा क्रमशः मार्कस राफोर्ड, ब्रुनो फर्नान्डेज, ह्यारी केन, फ्रेड, जेसे लिन्डगार्ड, ज्याक ग्रिलिस, पाउल पोग्बा र डेभिड डि गेया रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार