Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि…

    सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि दोहोर्‍याएर शपथ लिनु परेको छ ।

    सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् । शपथ लिने स्थानसम्म पुग्दा उनले दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी थिइन् ।



    शपथ लिने क्रममा उनले भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’



    उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकिन् र शपथको व्यहोरामा लेखिएका शब्दमात्र बाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले दोहोर्‍याएर शपथ लिनु परेको थियो । शपथ लिइसकेपछि उनले संसदमा मुठ्ठी उठाएको आफ्नो फोटो राख्दै ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ लेखेर ट्वीट गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार